म बिवश भएर हेरिरहेको थिए
तिनिहरुको रमिता
चुपचाप
देश बेचेर जनता ढाटेर
हरेक पाच वर्षमा इमानलाई
रक्सी र मासुसग साट्न बाध्य बनाउने
लुटेर देश खाइरहनेहरुको कर्तुत
तर,
अहिले आभास हुँदैछ
अलिकती सरकार धरानमा,
अलिकती राज्य काठमाण्डुमा,
ढुङ्गा बोकेरै भएपनि,
डोजर हानेरै भएपनि,
सुशासन गर्दैछ।
✍ नवशिला,
बेलबारी – २, लालभित्ती,मोरङ।