बयान

    Related

    बयान

    केहि ले भन्दै थिए त्यसबेला मलाई नजाउ त्यो दलदलमा, नलेउ...

    दृष्टी दृश्य – कविता

    म बिवश भएर हेरिरहेको थिए तिनिहरुको रमिता चुपचाप देश बेचेर जनता ढाटेर हरेक...

    Share

    केहि ले भन्दै थिए त्यसबेला मलाई
    नजाउ त्यो दलदलमा, नलेउ त्यो धारिलो पद
    तिमीलाई दिएर दरवार
    भोली बनाउनेछन् घर न घाटको
    भोली उभ्याउनेछन् धारिलो तरवार माथि
    ठान्नेछन् आँफूहरु जस्तै नकाम र लठ्ठक-

    तर मैलेपनि त थाहा पाउनु थियो
    तिनको सक्कली चेहेरा
    तिनको सफेद छाला भित्रको कालो मन
    हो मैले जोखिम लिएको हुँ र होमिएको हुँ
    यो भयानक युद्धमा –

    सुन्नुस्…..
    बोल्दैछु फेरि पनि त्यहि सत्य
    उभिएर जनताको कठ्घरामा
    खोलेर पट्टि लाएर तराजु बोक्नेहरुका आँखा
    जसले मलाई अपराधी बनाए
    ठग, तस्कर र दलाल बनाए
    भ्रष्टाचारी अनि दुराचारी बनाए
    तिनै असली थिए, त्यो नै असलियत थियो
    जसले बारम्बार आफ्नो अनुहार ऐनामा हेर्दै
    मलाई दोषी करार गरेका थिए।

    spot_img